भारतबाट लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुईजना पक्राउ

खबरखोज सम्वाददाता   ।   २०७८ असार २०, आईतवार २०:५४

२० असार, सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् ।

उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट डाइलेक्स डिसी १० एमएलको १० थान, नाइट्रेजेपेम आइपी ट्याब्लेट २० थान र स्पास्पोर मोनप्लस १४४ थान बरामद भएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५३३० सक्रिय संक्रमित

२०७८ असार २०, आईतवार २०:५४
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १०५ र भक्तपुरमा २९ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, काठमाडौंमा ५३३० जना सक्रिय […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.