पहिलो पटक मन्दिरमा चढ्यो, दलितको फूलचामल

प्रवेश निषेधको परम्परा तोड्दै दलित अगुवा

रमेश सुनार   ।   २०७७ श्रावण २१, बुधबार १२:११

कालिकोट । परापुर्व कालदेखि देविदेवताको मन्दिरमा नचढेको दलित समुदायको फूलचामल र भेटी पहिलो पटक देविको मन्दिरमा चढेको छ ।

दलित समुदायहरु देविको मन्दिरमा गएमा देवि देवता रिसाएर बिचबाटोमै मर्ने, नराम्रो हुने,परिवारमा अछल हुने, पुरानो परम्परागत धार्मिक अन्धविश्वासलाई चिर्दै, कर्णालीकै चर्चित धार्मिक तथा पर्यटकिय तिर्थ स्थल चुलिमालिका माईको मन्दिरमा जिल्लाका दलित अधिकारकर्मिहरु पुगेर फुलचामल र भेटी चढाएर दर्शन गरेका  हुन् ।

साउन १७ गते देखि १८ गते सम्म हुने पुजामा खाँडाचक्र नगरपालिका ४ का वडाध्यक्ष धनिसिंह कामिको नेतृत्वमा जिल्लाका दलित अधिकार कर्मिको टोलिले  पहिरो पटक मन्दिरमा फुलचामल चढाएर पूजा गरेका छन् । वडाध्यक्ष कामिले भन्नुभयो, ‘अहिले सम्म देविदेवताको मन्दिरमा पूजा गर्न पाएका थिएनौँ , आफ्नो देविदेवता संग भाकल गर्न पाएका थिएनौँ, अव दलितहरुले पनि खुल्ला रुपमा मन्दिरमा सवैसंग पूजा गर्न पाउने भएका छन । चुलिमालिका मात्र होईन, जिल्लाका मध्य तथा सुदूरको चर्चित धार्मिक स्थल बडिमालिका माईको मन्दिरमा पनि अहिले सम्म दलित पुजा गर्न गएको छैन, अब आफुहरुले चुलिमालिका माईको मन्दिरवाट पुजा गर्न सुरुवात गरेको वडाध्यक्ष कामिले बताउनु भयो ।

मान्छे एउटै काटेमा रगत एउटै, तर, जातजातिले गर्दा आफुहरु सधियौँ देखि आफ्नो अधिकार खोसिदै आइरहेको थियो । पहिलो पटक आफुले मन्दिरमा चढाउन लिएको फुलचामल मन्दिरमा चढ्यो, मन्दिरमा पूजा गर्न गएका दलित अघुवा बसन्त सुनारले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मन्दिरका पुजारीले पनि दलितको फूल चामल सहजै रुपमा चढाए । अहिले सम्म दलित समुदाय माईको मन्दिरमा पुगेका थिएनन, यो पहिलो पटक हो । दलित समुदायको फुलचामल मन्दिरमा चढेको ।  धार्मिक अन्धविश्वास सामाजिक परम्पराले पनि हामीहरु मन्दिरमा गएनौँ, उहाँले भन्नुभयो, ‘सामाजिक रुपमा मानिसहरुले नै गरेको विभेदकारि संस्कारको अन्त्य भएको छ ।

मन्दिरमा लगाउने लिंगो, राँगो बली चढ्ने, तर, दलितको फुलचामल मन्दिरमा नचढ्ने यस्तो परम्परा तोडेको दलित अधिकारकर्मि रमेश कुमार शोनीले बताउनु भयो । एकासौं सताब्दीमा पनि दलितहरुले मन्दिरमा जान नपाइने धार्मिक पराम्परालाई आफुहरुले चिरेको उहाँको भनाइ थियो । चुलिमालिका मात्र होइन, जिल्लाका अधिकांश मठमन्दिरमा दलितलाई दर्शन गर्न नमिल्ने धार्मिक अन्धविश्वास रहीरहेको छ । अबदेखि दलित समुदायहरुले कुनैपनि मठमन्दिरमा पूजा पाठ गर्न पाउने भएका छन ।

चुलिमालिका मन्दिरका पुजारी भीम प्रसाद चौलागाईका अनुसार, परम्परागत धार्मिक अन्धविश्वासले अहिले सम्म दलित समुदायको फुल चामल मन्दिरमा चढेको थिएन ।  पहिलो पटक दलितको फुल चामल र भेटी मन्दिरमा चढेको छ ।े दशवर्षे युद्धको बेला केही दलितहरुले मन्दिरमा आए, त्यसपछि दलितहरु मन्दिरमा आफैपनि आउदैनथे, अहिले जनप्रतिनिधिको नेतृत्वमा दलितअधिकार कर्मिले मन्दिरको दर्शन गरेका छन । यो राम्रो पक्ष हो ।  हामीले पनि उहाँहरुले चढाउन ल्याएको फुलचामल र भेटी सहजै मन्दिरमा  चडाइ दिएका छौँ । यो सन्देश समुदायमा पनि जान जरुरि देखिएको पुजारि चौलगाईले बताउनु भयो ।,

मन्दिरको दर्शन गर्न वडाध्यक्ष, धनसिंह कामि, दलतअधिकार कर्मि जयबहादुर विक, शिक्षक हर्ष सुनार, अनिपाल विक, वडा सदस्य ललित विक लगायतका अधिकार कर्मिले पहिलो पटक माईको मन्दिरमा दर्शन गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको महवै गाउँपालिकामा नागरिक समाज गठन

२०७७ श्रावण २१, बुधबार १२:११
कालिकोट जिल्ला महावै गाउँपालिकामा नागरिक समाजको गठन गरिएको छ । महावै – १ निवासी चन्द्रबहादुर शाहीको संयोजकत्वमा नौ सदसीय नागरिक समाज गठन गरिएको हो । महावै गाउँपालिका निवासी नागरिक अगुवाहरुको हालै भएको भेलाले शाही संयोजक रहेको गाउँपालिका स्तरिए नागरिक समाज चयन भएको छ । नागरिक समाज कालिकोटका संयोजक कालीबहादुर मल्लको […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.