काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र ३ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक एक जना रहेका छन् । त्यस्तै काठमाडौँ, पर्सा र कपिलवस्तुका एक एक पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ७७७ पुरुषसहित एक हजार १११ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
खरिबोटबाट





