विपन्न बालबालिकाको हेरविचार सरकारले गर्छ-प्रधानमन्त्री ओली

खबरखोज सम्वाददाता   ।   २०७८ असार ९, बुधबार १७:२९

कालिकोट असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न बालबालिकाहरुको हेरविचार सरकारले गर्ने वताउनु भएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताउनुभयो ।
समृद्ध राष्ट्रको आधार,सुरक्षा र मुस्कान सहितको बालअधिकार भन्ने मूल नाराका साथ आज आज बाल संगठनको उदघाटन गरिएको जिल्ला सचिव कालीबहादुर मल्लले बताउनु भएको छ ।
बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उहाँले बताउनुभयो । यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित सङ्कीर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो,‘परिणामस्वरुप नेपाली बालबालिका अभिभावकबिहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए । यसका साथै विभिन्न ढंगले व्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ ।’
सो कार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरकारले खोपको अभाव क्रमशः सुल्झाउँदै सन् २०२१ भित्रै सबै नागरिलाई खोप लगाइने जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानु राेपि मुरी फलाउनु पर्छ नगर प्रमुख पाण्डे

२०७८ असार ९, बुधबार १७:२९
असार १५ कालिकाेटजिल्ला कृषि विकास कार्यालय कालिकाेटकाे अायाेजनामा “धान उत्पादनमा वृद्वी खाध्य सुरक्षा अात्म निरर्भता र समृद्वी” भन्ने मुल नाराका साथ अठाराैं राष्ट्रिय धान दिवस भब्यरूपमा जिल्लाकाे खाँडाचक्र नगरपालिका-2 मान्ममा खेतमा धान राेपेर धान दिवश मनाईएकाे छ । कृषि विकास कार्यालय कालिकाेटका प्रमुख भरत बस्नेतकाे अध्यक्षताखाडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.