
सुर्खेत, २७ साउन । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका दुई जना सुर्खेत जिल्ला कमिटिका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । । सोमबार भेरीगंगा नगरपालिका–९ जहरेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विप्लव समूहका जिल्ला कमिटि सदस्य रहेका भेरिगंगा नगरपालिका–९ जहरेका ४८ वर्षिया जिल्ला कमिटी सदस्य कर्णबहादुुर बिसी र सोही ठाउँका ४२ वर्षिया जिल्ला कमिटी सदस्य सहबिर महरलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।
पक्राउ परेका बिसी र महरको साथबाट विभिन्न किसिमका दस्ताबेज, बिभिन्न निर्माण ब्यवसायी तथा कन्ट्रक्सनहरुलाई आर्थिक सहयोगको लागी लेखेका पत्रहरु र रकम असुल गरेका अर्धकट्टि रसीद बरामत गरिएको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट विप्लव समुहका दुई जिल्ला सदस्य पक्राउ





