घट्टभित्र पुरिएर कालिकोट मेहमुडिमा दुइजनाको मृत्यु

कालीबहादुर मल्ल   ।   २०८३ असार २९, सोमबार १७:४५

कालिकोट असार २९ । अविरल वर्षापछि आएको माथिबाट पहिरोले पानी घट्टभित्र पुरिँदा सान्नि त्रिवेणी गाउँपालिका–६ धामिगाउँका ४६ वर्षीय मन्दीर साँवद र ७६ वार्षीय लालबहादुर साँवदकोे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार समोबार विहान करिब ६ः०० बजे काप्रिखोलामा घट्ट पिस्न गएका दुवैजना घट्टभित्र बसिरहेको अबस्थामा २५ मिटर माथिबाट पहिरो आई उक्त पहिरोमा पुरिएर दुबैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रिका अनुसार प्रहरी चौकी मेहलमुडिका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खड्काको नेतृत्वमा गएको चार जनाको प्रहरी टोलीले घट्ट भित्र पुरीएका दुई जनाका लास उद्धार गरी निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको बिकास निमार्ण राेक्ने भौतिक मन्त्रीको आदेशप्रति स्थानीय नागरिकको आपत्ती

२०८३ असार २९, सोमबार १७:४५
कालिकोट साउन ४ । खाँडाचक्र नगरपालिकाको निर्माणाधिन बहुउद्देशिय प्रसाशनिक भवन निमार्ण कार्यमा रोक लगाउन आदेश दिने संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालको बोलिप्रति कालिकोटका नागरिकले चौतर्फी विरोध जनाएका छन । सडक लगाएतका पूर्वाधारका कार्यको अनुगमनका लागि कालिकोट पुग्नु भएका मन्त्री लम्सालले खाँडाचक्र नगरपालिका भवन निमार्ण स्थलमा पुगेर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.