दैलेखमा मिनीबस दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

खबरखोज समाचारदाता   ।   २०७७ फाल्गुन २७, बिहीबार १६:३२

खबरखोज समाचारदाता/कालिकोट फागुन २७ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
बीहिबार कालिकोटबाट सुर्खेतर्फ जादै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।
बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।


बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।घाइते हुनेमा अधिकांस कालिकोटका रहेका छन ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।उनका अनुसार, कर्णाली राजमागमा माइक्रोबस संचालन उपयुक्क्त नरहेको बताए । यही वर्षमा मात्र राजमार्गमा चार वटा माइक्रोबस दुर्घटना परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब माओवादी गुगलमा भेटिएला तर भुगोलमा भेटिँदैनः नेता बस्नेत

२०७७ फाल्गुन २७, बिहीबार १६:३२
२७ फागुन । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको अस्थित्व नै समाप्त हुने दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तेह्रथुमको घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा आज बोल्दै सांसद बस्नेतले नेपालको कम्युनिष्ट […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.