नयाँ गठबन्धनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

खबरखाेज संवाददाता   ।   २०८१ असार २३, शनिबार ०८:५६

काठमाडौं । नेकपा एमालेसँग मिलेर बनेको नयाँ गठबन्धनबारे छलफल गर्न आज शनिबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

शनिबार दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई हटाएर नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

यसैबीच, नेकपा एमालेले संसदीय दलको बैठक भोलि आईतबार बोलाएको छ । आईतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ ।  बैठकमा एमालेका सांसदहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।

आईतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् ।

व्यवस्था डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हानियाको हत्यापछि मध्यपूर्वमा तनाव: १३ सय नेपाली शान्ति सैनिक सुरक्षित

२०८१ असार २३, शनिबार ०८:५६
काठमाडौं । गत बुधबार इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ। इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ। इरानको धम्कीपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्। मध्यपूर्वमा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.