कालिकोट । पचालझरना गाउँपालिका–५ मा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको मुहानमा पहिरोका कारण पाइपमा क्षति पुगेपछि दुइ महिना देखि ब्रामण टोल र शाही टोलका ६७ घरधुरीमा खानेपानीको चरम अभाव भएको हो ।
मान्छ्ेलाई पिउने पानी त दुइ घण्टाको पैदल बोकेर ल्याउने गरिन्छ तर आकाशे पानीको भरमा मकै लगायतका अन्य खेति वालीहरु लगाउने गरेपनि पशुचौपायालाई दिने पानीको समेत अभाव भएको सोही ठाउँका स्थानीय रत्नलाल आचार्यले दुखेसो पोख्नु भयो । उनका अनुसार धान रोपाई गर्ने, विभिन्न किसिमको सिँचाई गर्ने पानी पाउँनु सपना देख्नु मात्रै हो ।
०६५ साल यता खाने पानीमा कुनै पनि सरोकारवाला निकायहरुको ध्यान नपुगेको स्थानीय नागरिकहरुले गुनासो गर्नु भएको छ । ०७४ सालको चुनावमा खानेपानी, सडक, विद्युत, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने भन्दै प्रतिबद्धता गरेका जनप्रतिनीधिहरुले हालसम्म ब्रामण टोल र शाही टोलमा बनेका कुनैधारा मर्मतको लागि पनि सहयोग नगरेको स्थानीयले बतएका छन् ।
यसका बारेमा पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाहीले आफू नयाँ निर्बाचित भएको र खानेपानी समस्याका बारेमा जानकारी नभएको समस्याबारे बुझेर तत्काल समाधनको लागि पहल गर्ने बताउनु भयो ।
०६५ सालमा राखिएका पाइपलाईनहरु बाढीपहिरोका कारण क्षेतविच्छेद भए पनि नागरिकहरुले टालटुल गर्दै पानी ४–५ दिनको १ दिन पानी पाएपनि अधिकांस दिन टाढाबाटै बोकेर खानु परेको छ ।





