माओवादी केन्द्र जुम्लाकाे माक्र्सवादी स्कुलिङ

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १५, आईतवार १५:३३

नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितको आयोजना र माक्र्सबादी ज्ञान केन्द्रको सहजीकरणमा तीन दिने आधारभुत माक्र्सबादी स्कुलिङ प्रशिक्षण गरेको हो । माओबादी केन्द्र शान्ति प्रक्रियामा आएपछि जुम्लामा यस्ता खालका कार्यक्रम भएका थिएनन । यस पटक साउन १४ देखी उद्योग बाणिज्य संघमा प्रशिक्षण शुरु गरिएको हो ।

प्रशिक्षणका लागि माक्र्सबादी ज्ञान केन्द्रका केन्दीय अध्यक्ष मनहरी तिमिल्सेना र महासचिव इन्द्रराज भट्टराई जुम्ला पुग्नु भएको माक्र्सबादी ज्ञान केन्द्र कर्णाली प्रदेशका सचिब जयशंकर धितालले जानकारी दिनुभयो । माक्र्सवादको स्कुलिङका लागि प्रशिक्षणमा माओवादी जुम्लाका विभिन्न तहका नेताहरु सहभागि भएका छन् ।

प्रशिक्षणम तिमिल्सेनाले माक्सवाद गहिरो अध्ययन नगरी सच्चा कम्यूनिष्ट हुन नसक्ने भन्दै माक्सवाद अध्ययनमा नेता कार्यकर्ताले जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै माक्र्सबादी ज्ञान केन्द्रका महासचिब इन्द्रराज भट्टराइले स्कुलिङ कार्यक्रम दर्शन शास्त्र, राजनितिक अर्थशास्त्र, वैज्ञानिक समाजबाद , बिश्व कम्युनिष्टको उदय, नेपालको कम्युनिष्ट आन्दोलन, बिज्ञान प्रविधि जस्ता बिषयमा ज्ञान दिने शिक्षा भएकोमा जोड दिनुभयो । माक्र्सबादी ज्ञान केन्द्र कर्णाली प्रदेशका सचिब जयशंकर धितालले माओबादी केन्द्रले समाज रुपान्तरणका लागी बैचारिक ,युद्धको सुरुवात गर्न नसकेको बताउदै कम्यूनिष्टका हरेक संघगठनहरु वैचारिक हुन जरुरी रहेको बताउनुभयो ।

ै पुर्व राज्यमन्त्री तथा माओबादी केन्द्रकी केन्द्रीय नेता गोमा कुंवरले यस प्रशिक्षण बाट सबैको बिचार एक ढिक्का हुने बताउनु भयो । उहाँले माक्र्सबादी ज्ञान केन्द्रले हाम्रो खाली दिमागलाई बैचारीक ज्ञान दिन महत्वपुर्ण रहेको भन्दै यहा प्रशिक्षणमा भाग लिएका सबै बाट राम्रो नतिजा निस्कने बिश्वास गरेको छु ।

सिजा गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेस कमिटिका सदस्य पुर्ण प्रसाद धितालले माओबादी पाटीबाट स्थानीय तह निर्वाचित भएका जनप्रतिनिधि पुर्व जनप्रतिधिनि, नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।

जुम्लामा शनिबारबाट सूरु गरिएको उक्त आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा केन्दिय अध्यक्ष मनहरी तिमिल्सेना,माओबादी केन्द्रका बाग्मती प्रदेस सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराइ,सचिब हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोली जुम्लामा पुगेको छ । माओबादी केन्द्रले जुम्लामा संञ्चालन भएको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा दुईसय जना नेता कार्यकर्ताको सहभागिता जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकाेटका डियसपी सरुवा भएपछि पत्रकारले गरे भव्य सम्मान

२०७९ श्रावण १५, आईतवार १५:३३
कालिकोट। जिल्लाका डिएसपी सिद्वराज न्यौपाने सरुवा भएपछि कालिकाेटका पत्रकारहरुले भव्य सम्मान गरेका छन।  डिएसपी न्यौपाने काठमाडौ हेड्क्वाटरमा  सरुवा भएपछि नेपाल पत्रकार महासंघले कालिकाेट बसाइँमा उत्कृष्ट काम गरेकाे भन्दै खादा,मालाले सम्मान गर्नुका साथै मायाकाे चिनाे प्रदान गरेकाे छ। सम्मान कार्यक्रममा महासंघ कालिकाेटका अध्यक्ष भरतराज विष्ट,पूर्व अध्यक्ष कालीबहादुर मल्ल,सचिव खडानन्द  अधिकारी लगाएतका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.