१९ फागुन, कालीकोट । खाडाँचक्र नगरपालिका वडा नं १ स्थित एमिदिप हाेटल मान्ममा
हुरेन्डेक नेपाल कालिकाेटकाे आयाेजना प्लान नेपाल कालिकाेटकाे आर्थिक सहयाेगमा पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष जजराज शाहिकाे अध्यक्षतामा छिटाे विवाह,बाल विवाह, वालवालिकाका विषयमा विगत ३ वर्ष देखि नरहरिनाथ, सान्नित्रिवेणी गाउँपालिका र रास्काेट नगरपालिकामा वालवालिकाका क्षेत्रमा वकालत र संरक्षणका विषयमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेकाे र छिटाे विवाह गरेर अकालमै ज्यान गुमाउने किसाेरी र बाल विवाह गरेकै कारण जीवन भर अशक्त बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै यी तिनवटै स्थानीय तहमा पहिलेकाे भन्दा हाल धेरै भन्दा धेरै सुधार भएको अध्यक्ष शाहीले बताउनुभयो।
यस्तै कार्यक्रममा बोल्दै हुरेन्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले बालविवाह जवरजस्ती हुने बिवाहमा पछिल्लो समय सुधार भएको र तिनै वटै स्थानीय तहमा सिओसी कलास संञ्चालन भइरहेका कारण यसले बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा अनलाइन रेडियोमा कार्यरत पत्रकार हरुको सहभागीता रहेको थियो।





