४५ वर्षको पुग्दा पनि नागरिकताबाट वञ्चित

कालीबहादुर मल्ल   ।   २०८१ श्रावण ३१, बिहीबार १५:५६

कालिकोट । शुभकालिका गाउँपालिका–५ का ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ ।
खगिसाका पति कलम कार्कीको मृत्यु भएको दुइ बर्ष पुग्दा पनि उहाँको नागरिकता नभएका कारण सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट बञ्चित हुनु भएको हो ।
सानै उमेरमा हराएर पछि बुबा आमा पत्ता नलाग्दा नागरिकता नभएको पीडित कार्कीले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नु भएको छ । ०६१ सालमा कलम कार्कीसँग विहे भएको थियो । पतिको ०७९ भदौ महिनामा क्यान्सर लागेर मृत्यु भएपछि तीन छोरी,दुई छोरा पाल्न मुस्कील भइरहेको उहाँले बताउनु भयो ।
माइती पक्षको कुनै ठाँउ, ठेगाना, पहिचान नखुलकोले नागरिकताको लागि सिफारिस दिन नसकिएको शुभकालिका गाउँपालिका–५ का वडाध्यक्ष मिमबहादुर शाहीले प्रतिक्रिया दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आफन्त पत्ता नलागेर नगरिकताबाट वञ्चित भएको विषयमा कानुनी व्यवस्थाको बारेमा बुझ्ने र स्थानीय तह,मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोज्ने बताउनु भयो ।
शुभकालीका गाउँपालिका—५वडा अध्यक्ष मिमबहादुर शाहीले खगिसराको जन्म घर कहाँ हो,भनेर नखुलेको र उनका बाबुआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा नागरिकता सिफारसिमा समस्या भइरहेको प्रतिक्रिया दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक

२०८१ श्रावण ३१, बिहीबार १५:५६
काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गरिएकाे जानकारी गराइएकाे हाे । चाँगुनारायण नगरपालिकाका मेयर […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.