दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

डोरखबर समाचारदाता   ।   २०८१ कार्तिक ३०, शुक्रबार ११:०८

डोरखबर/दार्चुला । दार्चुलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको दार्चुला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।

मृतक मध्ये ४ जनाको घट्ना स्थलमै तथा ३ जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको उपरिक्षक दाहालले जानकारी दिए । मृतक ७ जना मध्ये १ जनाको सनाखत हुन सकेको छैन । शैल्यशिखर नगरपालिका -६ को बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

न्युज अफ नेपालमा छापिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनामा झण्डै २८ सयका लागि खुल्यो जागिर, न्यूनतम योग्यता ८ पास (विज्ञापनसहित)

२०८१ कार्तिक ३०, शुक्रबार ११:०८
डोरखबर/काठमाडौं : नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो। जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.