इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र

खबरखाेज संवाददाता   ।   २०८१ बैशाख ५, बुधबार १५:१६

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो ।

केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिए । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ गठबन्धनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ बैशाख ५, बुधबार १५:१६
काठमाडौं । नेकपा एमालेसँग मिलेर बनेको नयाँ गठबन्धनबारे छलफल गर्न आज शनिबार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शनिबार दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई हटाएर नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि कांग्रेस […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.