कालीकाेट , युवा नेता नवीन शाहीले कालिकोट जिल्लाको योगी नरहरीनाथकाे सम्झना र नयाँ वर्षको अवसरमा प्रतिमा चोक वरिपरि राष्ट्रिय झन्डा राखेर झिलिमिली गरेका छन्। शाहीले राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय एकताको प्रतीक देखाउनु भएकाे हाे ।
विशेषगरी सार्वजनिक स्थल चोक, ऐतिहासिक स्थलमा राष्ट्रिय झन्डा राखेकाे शाहीले बताए । शाही नेपाली कांग्रेस भातृ संगठन तरुण दलमा कालीकाेट जिल्ला सदस्य पनि हुन् । शाहीले स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा योभन्दा पहिलापनि धेरैलाई सहयोग गरेकाे बताए ।
शाही समाजसेवी मात्र नभई युवाकाे हक अधिकार सुनिश्चित गर्न आन्दोलन लगायतका कामहरूमा पनि सक्रिय हुने गरेका छन्। कालिकोट जिल्लाको प्रतिमाचोक यतिबेला आकर्षक केन्द्रबिन्दु बनेको छ फरफराइरहेको झन्डाले जो कोहीलाई लोभ्याउने गरेको छ।
मान्म बजार पुग्ने बित्तिकै जो कोहीले चोकमा फोटो खिच्ने गरेको शाही बताउँछन् । शाहीले अबका दिनमा यस्ता खालका कामहरू निरन्तर गरिरहने बताएका छन्।





