एमाले बिरष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अपिल : विषम परिस्थितिमा धैर्य र संयमता अपनाउनु

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र २५, बुधबार १३:१४

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अपिल गरेका छन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्यमान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु ।’

उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिकुलतामा निरास नहुन एमाले जिल्ला इन्चार्ज शाहीको अपिल

२०८२ भाद्र २५, बुधबार १३:१४
कालिकाेट । जस्तोसुकै प्रतिकुलता परिस्थितिमा पनि निरास नहुन कालिकोटका आम कार्यकर्ता जनतालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज नगिन्द्र शाही नेश्नलले अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत इन्चार्ज शाहीले परिस्थिति कहिले अनुकुल कहिले प्रतिकूल भइरहन्छ,अनुकूलतामा हौसिने र प्रतिकूलमा निरास हुनुहुदैन,जस्तोसुकै परिस्थितिलाई सामना गर्ने दृढता राख्ने मान्छे […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.