क्याम्पस प्रमुखवाट कार्यकक्षमै कुटिय लेखापाल विज्ञप्ति सहित

खवरखाेज सम्वाददाता   ।   २०७८ माघ २४, सोमबार १८:०३

क्याम्पसका प्राध्यापक र कर्मचारी सहितकाे सयूक्त प्रेस विज्ञप्ती
कालिकोट । तिलाकर्णाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण सिंहले लेखापाल पदम बहादुर विष्टलाई कार्यकक्षमै हात पात गरेका छन् । मदिरा सेवन गरेर विष्ट माथि हात पात भएको क्याम्पसका प्राध्यापक सहित कर्मचारीहरुले बताएका छन् । तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा कार्यरत प्राध्यापक रूद्रप्रसाद सापकोटा,ताराकेशर रावत,धर्मराज कँडेल ,कृष्णप्रसाद भण्डारी,दिपक थापा ,मिठ्ठुकुमारी शाही , खड्कराज शाही , कुलप्रसाद बराल तथा कर्मचारीहरु पदमबहादुर विष्ट ,दानबहादुर सिंह ,नयनबहादुर शाही ,रविन्द्रबहादुर विष्ट , विष्णुप्रसाद पाण्डे सहितले सयुक्त विज्ञप्ती निकाले छन् । विज्ञप्तीमा लेखिएको छ । कालिकोट वासीहरुको अथक प्रयासका बावजुत मिति २०६२ सालमा स्थापना भएको तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट जिल्लाकै उच्च शिक्षाको धरोहर तथा कालिकोट वासीहरुको पसिनाको प्रतिफल भएको कुरा हामी सवैलाई सर्वविदितै छ । स्थापना कालदेखि हाल सम्म उच्च जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गदै आइरहेको छ । आफ्नो घरको गास खाएर आगनमै आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्ने कालिकोट बासीहरुको सपनालाई विपनामा परिणत गदै आइरहेको यस क्याम्पसले विभिन्न अप्ठ्यारा तथा चुनौतीहरु छिचोल्दै गुणस्तरीय शिक्षा दिइरहेको छ । स्थापना कालमा त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त क्याम्पसका रुपमा रहेको यो क्याम्पस मध्यपश्चिम विद्यालय स्थापना पश्चात् मिति २०७५ भाद्र ११ गते मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भई हाल मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालित छ ।
मध्यपश्चिम विश्वविद्यालयको विधि विधान अनुसार स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरु यस क्याम्पसले संचालन गदै आएको कुरा तपाई हामीमा अवगत छदैछ । मध्यपश्चिम विश्वविद्यालयको ऐन,नियमानुसार गत मिति २०७६ साल जेष्ठ १५ गतेबाट हाजिर हुनेगरी श्री लक्ष्मण सिंहलाई क्याम्पस प्रमुखको रुपमा विश्वविद्यालयले नियुक्त गरे पश्चात् क्याम्पसको शैक्षिक ,भौतिक तथा प्रशासनिक गतिविधिहरु खस्कदै आइरहेको कुरा थप प्रष्ट्याउनु नपर्ला । बेलाबेलामा क्याम्पस हाताभित्र तथा हाता बाहिर क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई गाली,बेइजती गर्ने र प्रोत्साहनको सट्टा हतोत्साहित गर्ने कार्य हुदै आइरहेकोमा शिक्षक तथा कर्मचारीहरुका साथै नजिकका गाउँलेबासीहरुसंग पनि पटक(पटक झगडा,गाली,बेइज्जती गरेको सवुत प्रमाण हामीहरुलाई घाम जस्तै छर्लंग छ । यिनै विविध कुकर्मको निरन्तरता तथा परिणाम स्वरुप आज मिति २०७८ माघ २४ गते यस क्याम्पसमा कार्यरत कर्मचारी श्री पदमबहादुर विष्ट आफ्नै कार्यकक्षमा नियमित काम गरिरहेको बेला निज क्याम्पस प्रमुखले जाडरक्सी सेवनगरी आफ्नो कोठामा बोलाई लाठी तथा हातहतियार प्रयोग गरी मरणासन्न हुनेगरी कुटपिट गरेको कुरा अवगत गराउँदछौ । क्याम्पस जस्तो उच्च जनशक्ति निर्माण गर्ने प्राज्ञिक थलोमा कार्यरत क्याम्पस प्रमुखले गरेको अप्राज्ञिक तथा अपराध जन्य कार्यको घोर भत्र्सना गर्दछौ । नजिकको समुदाय , क्याम्पसका शिक्षक तथा कर्मचारीहरु माथि यस्ता कुकृति गर्ने क्याम्पस प्रमुखलाई कानुनी कटघेरामा उभ्याई हदै सम्मको कानुनी कार्वाही गर्न सम्वन्धित निकायमा जोडदार माग गर्दछौ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा शाही सर्वसहमत

२०७८ माघ २४, सोमबार १८:०३
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा ज्ञानेन्द्र शाही सर्वसहमत चयन भएकाछन । राष्ट्रिय युवा संघ नेपाल कालिकोटको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भए संगै एमाले कालिकोट जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेको प्रमुख आतित्थ्यता ,रमेश कुमार शाहीकाे विशेष आतिथ्यता  लागाएतका नेता हरुको उपस्तिथिमा भयकाे थियाे । कार्यक्रममा बाेल्दै पाट्रि अभ्यक्ष […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.