कांग्रेस नेता गगन थापा मण्डलेको नयाँ संस्करण : नेता रिजाल

प्रतिभा ऐडि   ।   २०७८ मंसिर १८, शनिबार १८:५५

१८ मंसिर, काठमाडाैँ । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेसका नेता गगन थापाप्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जाल मार्फत उनले थापाई मण्डलेको नयाँ संस्करणको उपमा दिएका छन्। थापाले एमालेको दशाैँ महाधिवेशनलाई पञ्चयतसँग तुलना गर्दै अभिव्यक्ति दिएपछि रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत नै त्यसको जवाफ दिएका हुन।

रिजालले भनेका छन, ‘आफ्नै पार्टीका प्रतिनिधिले समेत सफलताको शुभकामना दिएको नेकपा (एमाले) को महाधिवेशनलाई ‘पञ्चायत’सँग तुलना गर्नेहरू मण्डलेका नयॉ संस्करणबाहेक केही होइनन्।

लोकतन्त्रमा अरू पार्टीका कार्यक्रमबाट आत्तिएर विक्षिप्त हुनुभन्दा त्यसभन्दा ठूला कार्यक्रम गर्ने विकल्प सबैलाई खुल्ला छ। कांग्रेस र माओवादी दुबैका महाधिवेशन हुँदैछन्।

यतिवेला तपाईंहरूसँग सत्ता छ, परमादेश छ, तपाईंहरूकै भाषामा ‘जनमत’ पनि छ। नारायणी किनार खाली नै छ। हाम्रो चुनौती छ( त्यही ठाउँमा हाम्रोभन्दा ठूलो सभा गरेर देखाउनूस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँगेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही बिजयी

२०७८ मंसिर १८, शनिबार १८:५५
कालिकाेट । नेपाली काग्रेस कर्णाली प्रदेश सभापतिमा सस्थापन पक्षका ललितजंग शााही बिजयी हुनु भएकाे छ । कांग्रेस कर्णालि प्रदेश  निर्वाचनमा ललितजंगहीले कुल खसेेेेेेकाे ७ सय ५४ मतमा ४ सय २२ मत प्राप्त  गरि  बिजयी हुनु भएकाे  । यस्तैै उहाका निकटतम प्रतिद्वान्दी पाैडेल पक्षका भुुुुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.