कालिकाेट । विश्व दिवसकाे अवसरमा सराेकारवालाविच अन्तरक्रिया कार्यक्रम शनिबार जिल्ला सदरमुकाम मान्ममा आयाेजना गरिएकाे छ ।
अहिंसा परमाे धर्म: सवै धर्मकाे सन्देश,अहिंसाकाे सन्देश भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे हाे । महात्मा गन्धीकाे जन्मदिनकाे दिन मनाइने अहिंसा दिवसकाे आयाेजना सहकर्मि समाजकाे सहयाेग र खाँडाचक्र सुशासन युवा सञ्जालले आयाेजान गरिएकाे सञ्जालका अध्यक्ष धनबहादुर शाहीले बताउनु भएकाे छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल,जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर महेशबिक्रम शाही र सहकर्मी समाजका चेतराज देवकाेटाले हिंसा अन्त्यका लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिनु भएकाे छ ।





