वडाध्यक्ष सिंह माथि आक्रमण घटनाको गाउँपालिका अध्यक्षद्धारा निन्दा

कालीबहादुर मल्ल   ।   २०८१ पुष ६, शनिबार १७:४८

डोरखबर/कालिकोट । महावै गाउँपालिका–३ का वडाध्यक्ष पदमबहादुर सिंह माथि आक्रमण गरि गम्भिर घाइते वनाइएको घटनाको गाँउपालिका अध्यक्ष खेमबहादुर सिंहले घोर निन्दा गरेका छन् ।


पीडित वडाध्यक्ष सिंह आफ्नै घरमा बसिरहेको अवस्थामा शुक्रबार सोही वडा राता टोल बस्ने जिवन सिंह,तारा सिंह,टोप सिंह र घमण्ड शाहीले आक्रमण गरि घाइते वनाइएको भन्दै पालिका अध्यक्ष सिंहले प्रेस विज्ञप्ति प्रकाशन गरि घटनाको निन्दा गरेका हुन ।
वडाध्यक्ष सिंह घरमा वसिरहेको वेला अन्दाजि वेलुका ६ः३० बजेति एक्कासी मदिरा सेवन गरि चार जनाको समुहले विभिन्न वाहान गरि हातपात गरेको घटना निन्दनिय छ,धारिलो हतियार प्रयोग गरि ज्यान मार्ने उद्देश्यले प्रहार गरिएको घटनाले थप सम्वेदनशिल वनाएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै प्रेस विज्ञप्तिमा घाइते सिंहको टाउकोमा गम्भिर चोट लागि जिल्ला अस्पताल कालिकोटमा पुगाई सातवटा टाका समेत लागेको हुनाले अपराधिक मानशिकता भएका घटनामा संलग्न दोशिउपर कडा भन्दा कडा कानूनी कार्वाहीको लागि प्रहरी प्रसाशनसँग माग गरिएको छ ।
यसैगरि विज्ञप्तिमा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक पूर्व समीक्षा सम्पन्न

२०८१ पुष ६, शनिबार १७:४८
डोरखबर /कालिकोट  । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक वार्षिक पूर्व समीक्षा कार्यक्रम मंगलबार कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि कालिबहादुर मल्लले सन् २०२४ को जनवरी देखि डिसेम्वर सम्म वार्षभरिमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.