कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिकामा निशुल्क शिविर सञ्चालन हुने भएकाे छ । शुभकालिका गाउँपालिकाकाे आयाेजनामा , काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड काठमाडौंकाे समन्वय र सहकार्यमा शुभकालिका गाउँपालिकामा निशुल्क २ दिने शिविर सञ्चालन गरिने भएकाे हाे । शिविर फाल्गुण ६ र ७ गते सञ्चालन गरिने शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले जान्कारी दिनु भयाे ।
शाहीका अनुसार शुभकालिका गाउँपालिका राराकाकाटियामा जनरल मेडिसिन ,प्रस्तुति तथा स्त्रीराेग हाडजोर्नी तथा नशा राेग सम्बन्धी शिविर सञ्चालन हुने बताइएको छ। शुभकालिका गाउँपालिकाका नागरिक हरुकाे स्वास्थ्य लाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको गाउँपालिकाकि उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयाे ।
शाहीका अनुसार आफू शुभकालिका गाउँपालिकाका नागरिकहरू संग सहकार्य गर्दै निरन्तर स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयवस्तुमा लागिरहने बताउनुभयो।






