मानव अधिकार रक्षक कुटिएको विषयमा प्रशासनलाई ध्यानाकर्ष पत्र

खबरखाेज समाचारदाता   ।   २०८० बैशाख १४, बिहीबार १६:०३

कालिकोट वैशाख १४ । स्थानीय मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर जिल्ला स्थित मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
तिलागुफा नगरपालिका–१० रानावाडाका ७० वर्षीय खाम्मा रानाले ०७९ चैत्र ६ गते एक १४ वर्षीया अपाङ्गगता भएकी बालिका बलात्कार घटनाको उजागर गरेको आरोपमा आरोपितका आफन्तबाट मानव अधिकार रक्षकहरु कुटपिटमा परेपछि कुटपिटमा संलग्न रानालाई कानुनी कारवाही गरी अधिकारकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा बुधबार ध्यानाकर्षण पत्र बुझाएका हुन । साथै तोडफोड गरिएको सामग्रीको क्षतिपूर्तिका लागि पनि ध्यानाकर्ष पत्रमा माग गरिएको छ ।
बालिका बलात्कार घटनाका वारेमा प्रहरीलाई खवर गरेको आरोपमा उनका भतिजा नाता पर्ने जयलाल रानाले तिलागुफा नगरपालिका–७ निवासी मानव अधिकार रक्षक एवम नागरिक समाज तिलागुफाका संयोजक बिक्रम शाही सदस्य सरिता शाही र दुर्ग वहादुर शाहीलाई वैशाख ११ गते कुटिपिट गरी घाइते बनाउनुका साथै कार्यालयमा रहेको प्रिन्टर, ट्याबलेट र कम्प्युटर तोडफोड गरेका थिए ।
अधिकारकर्मीहरुद्धारा संयुक्त हस्तक्षरित ध्यानाकर्षणपत्रमा नेपालको संबिधान २०७२ को धारा ३९, बालबालिकासम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४ ले बालबालिका विरुद्धको कसुरको रुपमा रहेको बलात्कार जस्तो घटनालाई लुकाएर राख्ने, पैसा लेनदेनमा मिलाउने, उल्टै पीडित सुस्त मनस्थितिकी अपांगता भएकी बालिकाको घरपरिवार र बालअधिकारकर्मी माथिको आक्रमणको विरोध गर्दछौ भन्ने उल्लेख छ ।
साथै ध्यानाकर्षणपत्रमा अपाङ्गगता तथा अति जोखिममा रहेकी बालिकामाथिको यो अमानवीय घटनाको निन्दा गर्दै अवोध बालिकामाथि हुने यस्ता खालका हिंसाहरुलाई कानुनी तथा सामाजिक अपराधको रुपमा सिंगो राष्ट्रले स्वीकार गरिसकेकोे अवस्थामा यस किसिमको घटना हुनु दुःखद र निन्दनीय भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी पीडकलाई हदैसम्मको कानुनी कारवाही गर्न माग पनि गरिएको छ ।
बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेश उपाध्यक्ष तुलाराम पाण्डे, महिला अधिकारकर्मी कविता चापागाई, गिता वलि,नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगी, मानव अधिकारकर्मी एवम पत्रकार कालीबहादुर मल्ल,बाल अधिकारकर्मी बाले विश्वकर्मा, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लीप्रसाद चौँलागाँई लगायत २२ जना अधिकारकर्मीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी माझी र प्रहरी प्रमुख डिएसपी जयश्वर रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
मानव अधिकारकमीले संयुक्तरपमा वुझएको ध्यानाकर्ष पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी माझिले मानव अधिकारको वकालत गर्ने अधिकारकर्मी माथि आक्रमण गर्नु गैर कानूनी भएकाले आक्रमणकारीलाई कानूनी कार्वाहीको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले नेता नगिन्द्र शाहीकाे बिचार मार्ग लाेकार्पण

२०८० बैशाख १४, बिहीबार १६:०३
काठमाण्डाै । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम कालिकाेट जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनलकाे कृति बिचार मार्ग नामक पुस्तक शनिबार लाेकार्पण गरिएकाे छ । एमाले केन्द्रीय कमिटीकाे पाँचाै बैठकमा अाध्यक्ष केपिशर्मा अाेलिले उक्त पुस्तककाे लाेकार्पण गर्नु भएकाे हाे । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल,महासचिव संकर पाेखरेल लगाएतका शिर्ष नेतहरुकाे सहभागिता […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.