शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउने

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन २३, शुक्रबार १८:५३

कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको छ । सबै महिला तथा बालवालिकाको लागि अधिकार समानता र सशक्तीकरण  भन्ने मूल नाराका साथ दहाल माध्यमिक विद्यालय सुकाटियामा विभिन्न कार्यक्रम गरी मनाउने गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले जानकारी दिनुभएको हाे ।

शाहीले सबै वडाबाट महिला दिवस मनाउनका लागि सहभागिताको लागि सबै वडालाई अनुरोध समेत  गर्नुभएको छ।अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने दिवस हो। यो दिवस महिला अधिकार, लैङ्गिक समानता, तथा महिलाहरूको उपलब्धि र योगदानको सम्मान गर्न मनाइन्छ।महिला दिवस कुनै एक दिन मात्र होइन, यो लैङ्गिक समानताका लागि निरन्तर संघर्ष र सचेतनाको अभियान हो। समाजमा महिला-पुरुष बराबरीका लागि सबैको योगदान आवश्यक छ ।

उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू जस्तै देउडा, ठाडी, भाका, एकल गायन, हाजिरी जवाफ प्रतियोगिता ,कुर्ची दौड , घैँटोफोर लगायतका कार्यक्रम हुने शाहीले जान्कारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनायाे

२०८१ फाल्गुन २३, शुक्रबार १८:५३
कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएकाे छ । सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र शक्तिकरण भन्ने मूल नाराका साथ दहाल माध्यमिक विद्यालय सुगाटियामा विभिन्न कार्यक्रम गरी मनाएको हाे । गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.