शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनायाे

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन २४, शनिबार २०:१०

कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएकाे छ । सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र शक्तिकरण भन्ने मूल नाराका साथ दहाल माध्यमिक विद्यालय सुगाटियामा विभिन्न कार्यक्रम गरी मनाएको हाे । गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने दिवस हो।

यो दिवस महिला अधिकार, लैङ्गिक समानता, तथा महिलाहरूको उपलब्धि र योगदानको सम्मान गर्न मनाइन्छ।महिला दिवस कुनै एक दिन मात्र होइन, यो लैङ्गिक समानताका लागि निरन्तर संघर्ष र सचेतनाको अभियान पनि हो। समाजमा महिला-पुरुष बराबरीका लागि सबैको योगदान आवश्यक छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए देउडा, ठाडी, भाका एकल गायन, हाजिरी जवाफ प्रतियोगिता लगायतका अन्य नित्य हरु प्रस्तुत गरिएका थिए।

शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको सभाअध्यक्षता , जेष्ठ नागरिक वृद्धा मैसरा जैसीको प्रमुख आतिथ्यता , नेपाली कांग्रेसका जिल्ला सभापति नन्दबहादुर शाही ‘घमन” को विशेष आतिथ्यता शुभकालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत द्रोण प्रसाद पोख्रेलको आतिथ्यता सम्पूर्ण शाखा प्रमुख लगायतको सहभागितामा भव्यताका साथ कार्यक्रम गरिएको थियो । शुभकालिका गाउँपालिकाको आयोजना र विभिन्न सङ्घ संस्थाहरूको आर्थिक सहयोगमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति शाहीले भन्नुभयो महिला दिवस विश्वभरि मनाइएको र शुभकालिका गाउँपालिकाले मनाउनु खुसीजनक रहेको बताए ।

अब महिलाहरू चुलो चौकोमा मात्र सीमित नभएर आफ्नो हक अधिकारका लागि हरेक क्षेत्रबाट अवसर लिनुपर्ने बताउनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शुभकालिका गाउँपालिका, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले भन्नू भयाे हरेक क्षेत्रबाट महिलाहरू घाँस दाउँरा मेलापात भन्दा पनि  हरेक क्षेत्रमा महिलाहरू सहभागी हुन जरुरी रहेको बताउनुभयो।

कार्यक्रमलाई समापन्न गर्दै गाउँपालिकाकी उपाध्यक्ष शाहीले भन्नू भयाे  शुभकालिका गाउँपालिकाकी महिलाहरू  घरेलु हिंसा छुवाछुत ,छाउपडी प्रथा जस्ता विकृतिहरूको विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । घरमा मात्र महिलाहरू सीमित नभएर समाज हाक्ने नेतृत्वमा पुग्नुपर्ने शाहीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनायाे

२०८१ फाल्गुन २४, शनिबार २०:१०
कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएकाे छ । सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र शक्तिकरण भन्ने मूल नाराका साथ दहाल माध्यमिक विद्यालय सुगाटियामा विभिन्न कार्यक्रम गरी मनाएको हाे । गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.