प्रमुख प्रसासकीय अधिकृत नहुदा सामाजिक सुरक्षा भत्ता पाएनन् 

Kalikot

Dhamaka   ।   २०८१ माघ १५, मंगलवार १७:२४

जिल्लाको खाँडाचक्र नगरपालिकामा चार महिना देखि कार्यालय प्रमुख नहुदा समाजिक सुरक्षा भत्ता पाउने वृद्ध एकल महिला,बालवालिकाहरु भत्ता पाउनबाट बञ्चित भएका छन् । खाँडाचक्र नगरपालिकामा प्रमुख प्रसाशकिय अधिकृतका लागि उपसचिवको दरवन्दी भएपनि सातौ तहको अधिकृत समेत नभएपछि नगरपािलका कार्यालय प्रमुख विहिन भइ सामाजिक सुरक्षा भता पाउने नागरिकहरु भत्ता पाउनवाट वचित हुनु परेको हो ।

साथै कार्यालय प्रमुख विहिन भएपछि करारमा रहेका कर्मचारिहरुले सात महिना देखिको परिश्रमिक पाएका छैनन भने, सामुदायिक विद्यालयका शिक्षक कर्मचारिहरुले समेत तलव नपाउदा मर्कामा परेका खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले जानकारी गराउनु भयो । उहाँले नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृत नहुनुको मुख्य कारण दुइ तिन पक्षीय कर्मचारिको विवाद र नगर प्रमुखको व्याक्तिगत चाहानाका कारण रहेको आरोप लगाउनु भयो । प्रमुख प्रसाकीय अधिकृत नहुदा सम्पूर्ण अर्थिक कारोवार ठप्प भएको छ भने योजनाका भुक्तानी समेत नपाउदा उपभोक्ताहरु मारमा परेका छन ।

कार्यालय प्रमुख नहुदा कार्यालय प्रमुख नहुदा १,८ सय ८३ जेष्ठ नागरिक, ३ सय ९९ जना एकल र विधवा महिला, १ सय १० जना अपांग र बाल पोषण पाउने २,३ सय ५० जनाले भत्ता नपाउनु दुखद रहेको बरिष्ठ पत्रकार एवम मानव अधिकारकर्मी कालीबहादुर मल्लले वताउनु भयो । यसैगरि प्रमुख प्रसाशकीय अधिकृत नुहुदा नगरपलिका भित्र करार सेवामा रहेका कर्मचारिहरुले ७ महिनादेखिको तलाव पाएका छैनन भने विद्यालय शिक्षकहरुले चार महिना देखिको तलाव पाएका छैनन । बृद्धभत्ता नपाउँदा दैनिक उपभोग्य सामान पनि खरिदमा समस्या भएको खाँडाचक्र नगरपालिका वडा नं ८ का जेष्ठ नागरिक रुप्सगे सार्कीले गुनासो गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटमा पहिलो पटक क्रिकेट खेलको उद्धाटन

२०८१ माघ १५, मंगलवार १७:२४
कालीकोट , जिल्लामा पहिलो पटक टी २० क्रिकेट खेल सुरु भएको छ । ‘प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिताका लागि हिजो लोगो र जर्सी सार्वजनिक गरे संगै क्रिकेट संघ कालीकोटको आयोजनामा प्रतियोगिताको भब्य तयारीका साथ आजबाट खेल सुरुगरिएको हो । फागुन २५ देखि लुम्बिनी प्रदेशमा सुरु हुने प्रधानमन्त्री पुरुष कप […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.