समाजसेवी महताराद्वारा न्यानो लत्ताकपडा वितरण

प्रतिभा ऐडि   ।   २०७८ पुष १७, शनिबार २०:४२

१७ पुस, कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ८ महतबाडाका ६० जना नागरिकलाई न्यानो लत्ताकपडा वितरण गरिएको छ।

शुभकालिका गाउँपालिका वडा नम्बर ८ का युवा नेता तथा समाजसेवी बिरेन्द्र बहादुर महतारा (बिवस) ले आफ्नो ब्यक्तिगत सहयोगमा वडा नम्बर ८ का दलित, असाय बृद्ध बृदा लाई जाडो महिनाको समयमा न्यानो पार्न ६० जनालाई लत्ताकपडा वितरण गर्नु भएको छ।

शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनिहरुलाई न्यानो लत्ताकपडा बितरण गरिएको युवा नेता तथा समाजसेवी महताराले बताउनुभयो।

उहाँले आर्थिक अबस्था कमजोर भएका बालबालिका बृद्वबृद्वा र दलित समुदायका नागरिक लाई आफ्नो ब्यक्तिगत लगानीमा लत्ताकपडा सहयोग गर्नु भएको हो।

युवा नेता तथा समाजसेवीको नामले चिनिदै आएका महतारा एक कुशल नेताको रुपमा पनि चिन्न सकिन्छ। आफ्नो लगानीमा वडाका प्रत्येक नागरिक लाई लत्ताकपडा सहयोग गर्दा बृद्वबृद्वा र बालबालिका खुसि भएका छन्।

लामो समय देखि निरन्तर समाजसेवामा आबद्ध महतारा पछिल्लो समय आफ्नो वडाका प्रत्येक नागरिकको जिबनस्तर सँग जोडिएका समस्या समाधान गर्न लागि पर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवासंघ र अनेरास्ववियूको मान्ममा मोटरसाइकल -याली

२०७८ पुष १७, शनिबार २०:४२
कालिकोट -नेकपा एमालेको दशौँ जिल्ला अधिवेशन सफल पार्न युवा संघ नेपाल र अनेरास्ववियूको आयोजनामा सदरमुकाम मान्ममा वृहतरुपमा मोटरसाइकल -याली गरेको छ । मान्मको प्रतिमाचोक बाट सुरु गरिएको मोटरसाइकल ¥याली बजार परिक्र्मा हुदै तल्लो रोड बाट पार्टी कार्यालयमा पुगेर सम्पन्न गरेको छ । पुस २४ गते हुने एमाले कालिकोटको दशौँ जिल्ला […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.