उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्वघाटन





