कर्णालीमा बेपत्ता गाडीका चालक ९ दिनपछि मृत भेटिए

डाेरखबर समाचारदाताकर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए   ।   २०८३ असार २७, शनिबार १७:०५

कालिकाेट असार २७ । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ ।

अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ बस्ने तुलाराम सुवेदी रहेको प्रहरीले बताएको छ ।

यसअघि पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवाको शव फेला परेको थियो ।

उक्त मृतक सुवेदी र मेखेसहित उक्त गाडीमा रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी सवार थिए ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा दुर्घटना भएको थियो ।

सडकबाट उक्त गाडी कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता भएको थियो । Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते

२०८३ असार २७, शनिबार १७:०५
कालिकाेट । बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो । चालक देवबहादुर धामीले चलाएको उक्त जिप […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.