बझाङ जिप दुर्घटना : ३ को मृत्यु, १२ जना घाइते

डाेरखबर समाचारदाता   ।   २०८३ असार २७, शनिबार २१:३१

कालिकाेट । बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।

चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्गाथली-६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये ८ जना सख्त घाइते छन् । जसमा दुई शिक्षक र एक पूर्ववडा सदस्य समेत छन् । सख्त घाइतेहरुमा जिप चालक देवबहादुर धामी, झल्कादेवी महत, जयमतीदेवी महत, हासुलीदेवी महत, शिक्षक रामबहादुर महत, हर्कादेवी महत, शिक्षक देवबहादुर जाग्री र पूर्ववडा सदस्य रामबहादुर महत रहेका छन् । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा देउडा दिवस भव्य रूपमा मनाइने

२०८३ असार २७, शनिबार २१:३१
कालिकोट, असार २८ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटको आयोजनामा तथा कर्णाली देउडा म्युजिक प्रालिको सहआयोजनामा देउडा दिवस–२०८३ साउन १ र २ गते कालिकोटमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ। कर्णाली प्रदेशको मौलिक पहिचानका रूपमा रहेको देउडा संस्कृतिको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.