कालिकोटमा देउडा दिवस भव्य रूपमा मनाइने

Chhatra Roka magar

कालिकोट   ।   २०८३ असार २८, आईतवार १४:५५

कालिकोट, असार २८ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटको आयोजनामा तथा कर्णाली देउडा म्युजिक प्रालिको सहआयोजनामा देउडा दिवस–२०८३ साउन १ र २ गते कालिकोटमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ।
कर्णाली प्रदेशको मौलिक पहिचानका रूपमा रहेको देउडा संस्कृतिको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देउडा गीत तथा नृत्यमार्फत समाजका समसामयिक विषयहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा सुशासन, न्याय, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, पर्यटन, व्यापार, रोजगारी, विपद् व्यवस्थापन, पशुपालन, संस्कृति संरक्षण, छुवाछुत अन्त्य तथा सामाजिक समानता जस्ता विषयलाई देउडाको माध्यमबाट जनचेतनामूलक सन्देशका रूपमा प्रस्तुत गरिनेछ। परम्परागत देउडा संस्कृतिलाई समयानुकूल सामाजिक सन्देशसँग जोड्दै यसको मौलिकता जोगाउने प्रयास कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

आयोजकका अनुसार देउडा केवल मनोरञ्जनको माध्यम मात्र नभई कर्णालीको इतिहास, संस्कृति, सामाजिक चेतना, एकता र पहिचानको महत्वपूर्ण आधार हो। त्यसैले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको उल्लेख गरिएको छ।

दुईदिने कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित देउडा कलाकारहरूको प्रस्तुति, मौलिक देउडा खेल, सांस्कृतिक झाँकी तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरिनेछन्। कार्यक्रम २०८३ साल साउन १ गते बिहान ११ बजे समन्वय समितिको खुला मञ्च, कालिकोटबाट शुभारम्भ हुने तथा साउन २ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटले देउडा प्रेमी, कलाकार, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण आम नागरिकलाई कार्यक्रममा सहभागी भई कर्णालीको अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँपालिका स्तरीय बाल सञ्जाल गठन

२०८३ असार २८, आईतवार १४:५५
कालीकोट, असार २८। शुभकालिका गाउँपालिकामा बाल अधिकारको संरक्षण, बाल सहभागिता र नेतृत्व विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित २३ सदस्यीय गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ। VDSEF नेपालको आर्थिक सहयोग, शुभकालिका गाउँपालिका बाल सञ्जालको आयोजना तथा सहयात्रा तेस्रो परियोजना अन्तर्गत आयोजित दुईदिने क्षमता विकास तथा सञ्जाल गठन कार्यक्रमबाट नयाँ कार्यसमिति […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.