कालीकाेट। जिल्लाकाे शुभकालिका गाउँपालिकामा सहकारीमा आवद्ध महिला सदस्यहरूका लागि सहकारी ब्यवस्थापन सम्बन्धि एक दिने तालिम दिएकाे छ ।शुभकालिका गाउँपालिकाकाे आर्थिक सहयाेग ,चुलिमालिका महिला कृषि सहकारी सस्था लिमिटेडकाे आयाेजनामा तालिम दिएको थियाे ।
शुभकालिका गाउँपालिका १ देखि ८ वडाका सहकारी हरुमा आवद्ध महिला हरु लाई सहकारी मार्फत अत्मनिर्भर बनाउने उदेश्यले तालिमकाे आयाेजना गरियकाे गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयाे ।
कार्यक्रममा सहकारीकाे परिचय र सिद्धान्त र सहकारीको परिभाषा, उद्देश्य, मूल्य र सिद्धान्तहरू,सहकारी आन्दोलनको इतिहास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी नीति लगाएतका विषयमा कालिका स्वावलम्वन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष जय बहादुर महतराले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यको प्रमुख आतिथ्यता उपाध्यक्ष धर्मकला शाहीको विशेष अतिथितामा कार्यक्रम गरिएको थियो।





