बाल विवाहा न्युनिकरणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने

कालीबहादुर मल्ल   ।   २०८३ जेष्ठ १७, आईतवार ११:५३

डाेरखबर/गुराँसे–दैलेख ,जेष्ठ १७। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक विकृतिको रुपमा रहेको बालविवाह अन्त्यका लागि स्थानीय सरकार, जनप्रतिनिधि र समाजिक अभियान्ताहरुको महत्वपूर्ण भूमिका रहने वताउनु भएको छ ।


बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश आयोजना तथा आवाज सुर्खेतको समन्वयमा गुराँस गाउँपालिका दैलेखमा उदघाटन भएको बालविवाह न्युनिकरणका प्रयास,असल अभ्यास तथा सिकाइ आदान प्रदान सम्वन्धि दुइ दिने कार्यशाला गोष्ठीमा आफ्नो धाराण राख्दै मन्त्री भण्डारीले उक्त बताउनु भएको हो ।


आइतबार गुराँसे स्थित होटेल ड्याड्स प्राइडमा सुरु भएको कार्यशाला गोष्ठी उद्घटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री भण्डारीले कर्णाली प्रदेशमा रहेका विद्यालयहरुमा उत्पादन प्रशिक्षार्थी तथा पढ्दै कमाउदै कार्यक्रममा जोड्न सकियो भने बालविवाह न्युनिकरणमा टेवा पुग्नेमा जोड दिनु भयो । साथै उहाले सवै जनप्रतिनिधिले सकेसम्म आफ्नो पालिका नसके आफ्नो वडालाई बालविवाह मुक्त वनाउन पर्ने धाराण राख्नु भयो ।


क्याक्मा कर्णाली प्रदेश समितिका अध्यक्ष पवित्रा शाहीको सभाअध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बालविवाह अन्त्यका लागि कर्णाली प्रदेस सरकारले रणनीति योजना बनाइसकेको र प्रदेश भित्रका सवै स्थानीय तहले बालविवाह विरुद्ध रणनीति योजना बनाउनु पर्ने औल्याउनु भयो ।
कर्णाली प्रदेशका ३० वटा स्थानीय तहका प्रमुख तथा उप प्रमुखको सहभागिता रहेको कार्यक्रममा बालविवाह न्युनिकरण,बालविवाह विरुद्ध रणनीति योजना,बालविवाह विरुद्धको अभियानका क्रममा भोगिएका चुनौतिका विषयमा छलफल हुने प्रदेश सचिवालय सस्था आवाजका कार्यक्रम संयोजक चेतन गिरीले जनाकारी गराउनु भएको छ ।
कार्यशाला गोष्ठीमा ३० वटै पालिकाहरुको तर्फबाट आ–आफ्नो स्थानीय तहमा बालविवाह न्युनिकरणका लागि भएका प्रयास,असल अभ्यास र प्रगति विरणका विषयमा प्रस्तुति गरिने क्याक्मा सचिवालयका वकालत अधिकृत निकिता कठाएतले वताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.