जेनजी प्रदर्शनमा मृतकको संख्या १७ पुग्यो

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र २३, सोमबार १७:२८

काठमाडौं । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति कार्यालय र निवासमा आगजनी

२०८२ भाद्र २३, सोमबार १७:२८
काठमाडौँ — राष्ट्रपति कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ । मंगलबार दिउँसो राष्ट्रपति कार्यालयमा आगजनी भएको हो । प्रदर्शनकारीहरू आन्दोलन गर्दै राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । उनीहरूले त्यहाँ आगजनी गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आगजनी भएको हो ।

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.