कालिकाेट । नेपाली काग्रेसका युवा नेता माेतिराज बमले प्रधानमन्त्री एवम पार्टी सभापति सेरबहादुुर देउवाले आफुलाई जिल्ला सभापति हुनबाट बञ्चित बनाएकाे आराेप लगाउनु भएकाे छ ।
हालै सम्पन्न नेपाली काँग्रेसकाे जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनु भएका नेता बमले बुधबार पत्रकार सम्मेलन मार्फत सभापति देउवाले आाफुनिकट नेताहरूलाई फाेन गरेर माेतिराज बमलाई सभापति नबनाउनु बरु महाधिवेश प्रतिनिधि धेरै ल्याउनु भनेकाे वताए ।
साथै उहाले आाफ्ना लागि जिल्ला सभापति नबनाएर घात गरेकाले देउवालाई सभापतिमा भाेट नदिने र बिमलेन्द्र निधि आफ्नाे उम्मेदवार भएकाे वताए ।
चुनाव भएमा आफ्नाे जित सुनिश्चित हुने ठाेकुवा गर्दै नेता बमले देउवाले टिम भित्रै धाेका दिएकाले कालिकाेटबाट अल्पमतमा परेकाे समेत जानकारी गराए ।
कालिकाेटबाट २५ जना महाधिवेशन प्रतिनिधिमा सभापति सहित १० रामचन्द्र पाैडेल पक्षका र १५ जना देउवा पक्षका रहेका छन । जसमा असन्तुष्ट नेता बमले आफुसँग ५ जना महाधिवेश प्रतिनिधि रहेकाे र बिमलेन्द्र निधिकाे पक्षमा रहेकाे वताएका छन ।





