युवाहरूको सहयोग, गरिब परिवारलाई राहत

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन २१, बुधबार ०८:४१

 कालीकाेट, जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर १ का एक अति गरिब परियारलाई लक्ष्मण सुनारको संयुक्त टिमले आर्थिक संकलन गरी सहयोग गरेको छ। कलम सुनारजो अति गरिब परिवारको चपेटामा छन् । बिहान बेलुकी घरपरिवारलाई कसरी छाक टार्ने चिन्तामा रुमली रहेको बताए  । गाउँमा स्थानीय सरकार घरघरमा आएतापनि स्थानीय सरकारकाे महसुस नभएको सुनार बताउनु हुन्छ । गाउँमा न त रोजगारी छ न त कुनै विकासका कामहरू नै ।

सुनारका घरमा चार छोरा एक छोरी छन् । ,गाउँमा सबैसँग हारगुहार गरेर घरकाे छाक टार्ने गरेकाे सुनाउनु हुन्छ । एकान्त ठाउँको बस्ती एक्लो घर छाना चुहिने हावाले रातभरि निन्द्रा नपर्ने घर छ । यो खबर पाएपछि गाउँका युवा लक्ष्मण सुनारले भारतको ब्याङ्गलोरमा बसेर केही दिन अघि सहयोगको अपिल गरेका थिए। जसोतसो सुनारले २४००० हजार ५०० सय रुपैया विभिन्न सहयोगी दाताहरूसँग सहयोग मागेर जम्मा गरे। जम्मा भएको पैसाले ४००० हजार बराबरको दाल, चामल, तेल लगायतका खाद्यान्न सामानहरू किनेर एक कार्यक्रमका बीच गाउँकै वडा सदस्य बिउरा सुनारको हातबाट नगद २०००० हजार ५०० रुपैया पनि हस्तान्तरण गरेकाे बताए ।

सुनारले आँखाबाट आँसु झार्दै सहयोग गर्ने मनहरूलाई धन्यवाद समेत दिनु भयाे । गरिबका लागि एक छाक टरेको गाउँलेहरू बताउँछन् सुनार एक श्रीमती सँग बिहान बेलुका काममा गएता तापनि खान लाउन नपुग्ने बताउनु भयाे ।

अझै कोही सहयोगी मनले सहयोग गरिदिएको भए आफ्ना बालबालिकालाई राम्रो विद्यालयमा पढाउने सोचेको बताउनुभयो। १० वर्ष भन्दा साना चार छोरा एक छोरी अब राम्रो विद्यालयमा पढ्ने आस मानेर बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १० का विद्यार्थीलाई बिदाई

२०८१ फाल्गुन २१, बुधबार ०८:४१
कालीकाेट | शुभकालिका गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री दहाल माध्यमिक विद्यालयमा ध्यमरत कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । कक्षा १ देखि अहिले सम्म अध्यान गर्दै  आएका १० कक्षाका विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच फूल माला लगाई बिदाई गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले यही […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.