कक्षा १० का विद्यार्थीलाई बिदाई

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन २१, बुधबार १७:३९

कालीकाेट | शुभकालिका गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री दहाल माध्यमिक विद्यालयमा ध्यमरत कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । कक्षा १ देखि अहिले सम्म अध्यान गर्दै  आएका १० कक्षाका विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच फूल माला लगाई बिदाई गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते देखि माध्यमिक शिक्षा परीक्षा एसइई हुने जनाएको छ ।

 

विद्यालयले एक कार्यक्रमका बीच फेरि भेटौला कार्यक्रम राखी विदाई गरिएको हाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्न बहादुर शाहीकाे सभाअध्क्षता , शुभकालिका गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीको प्रमुख आतिथ्यता , शिक्षक अभिभावकहरूको विशेष अतिथ्यतामा कार्यक्रम गरिएको थियो।

 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहीले भन्नुभयो दहाल माध्यमिक विद्यालयले एसइई मा राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो। आगामी दिनमा उज्वल भविष्यको कामना गर्दै शाहीले परीक्षा सफलताको शुभकामना समेत दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जवाफदेहिता संयन्त्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २१, बुधबार १७:३९
कालीकोट|जिल्लाको शुभकालिका गाउँपालिकामा जवाफदेहिता संयन्त्र सम्बन्धी अभिमुखीकरण  कार्यक्रमका  सम्पन्न भएको छ। संकल्प परियोजना अन्तर्गत पालिका स्तरीय बालसञ्जालका पदाधिकारीहरू , शाखा प्रमुख संग १ दिन जवाफदेहिता संयन्त्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग , किर्डाक नेपाल कालिकोटको सहजीकरण र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शुभकालिका […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.