कालीकोट|जिल्लाको शुभकालिका गाउँपालिकामा जवाफदेहिता संयन्त्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सम्पन्न भएको छ। संकल्प परियोजना अन्तर्गत पालिका स्तरीय बालसञ्जालका पदाधिकारीहरू , शाखा प्रमुख संग १ दिन जवाफदेहिता संयन्त्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग , किर्डाक नेपाल कालिकोटको सहजीकरण र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा शुभकालिका गाउँपालिकाको आयोजना रहेकाे थियाे । संकल्प परियोजनाले विगतका दिनदेखि शुभकालिका गाउँपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्दै आई रहेकाे छ। पालिका स्तरीय बालसञ्जालकी उपाध्यक्ष बिन्दु महताराको सभाअध्यक्षता , शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत द्राेण प्रसाद पोखरेलको प्रमुख आतिथ्यता , शिक्षा शाखा प्रमुख नवराज आचार्य , किर्डाक नेपाल कालीकाेटका जिल्ला संयोजक तुलाराम पाण्डेकाे विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो।
उक्त कार्यक्रममा बालबालिकाका सवालमा विशेष छलफल समेत गरिएको थियो। बाल सञ्जालका पदाधिकारीहरू लाई जवाफदेहिता संयन्त्र सम्बन्धी सरोकारवालाहरूलाई जानकारी समेत गरिएको थियो।