नेपाल राष्ट्रिय शिक्षक संगठन शुभकालिकाको तेस्रो गाउँ अधिवेशन बाट पार्वती चौलागाँई सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएकाे छ । गौरवशाली विगत चुनौतीपुर्ण वर्तमान ,लगानी वृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने मुल नाराका साथ शुभकालिका गाउँपालिका वडा नं ५ को सभाहलमा तेस्रो गाउँ अधिवेशन गरीएको थियाे ।
अधिवेशनबाट चौलागाईको नेतृत्वमा २२ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । जसमा अध्यक्ष पार्वती चौलागाई, उपाध्यक्ष पुष्पराज शाही,महिला उपाध्यक्ष सीता बोहाेरा , सचिव भरत प्रसाद अधिकारी , कोषाध्यक्ष विष्णु महतारा, सह-सचिव जयरूपा शाही , सह-कोषाध्यक्ष लक्ष्मण बहादुर शाही , सदस्य मोहन पाण्डे लगायतका अन्य सदस्य रहने गरि संगठन गठन गरिएको छ।। बिहीबार तेस्रो गाउँ अधिवेशनबाट शुभकालिका गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षककाे संगठन गठन गरिएको हो।नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना २०३६ सालमा भएको थियो।
यसको स्थापना नेपाली शिक्षकहरूको राष्ट्रिय आन्दोलनको परिणामस्वरूप भएको थियो, जसको उद्देश्य मुलुकमा लोकतन्त्र स्थापना गर्नु र शिक्षा क्षेत्रका पेशाकर्मीहरूको ट्रेड युनियन अधिकारको स्थापना, सम्बर्धन र संरक्षण गर्नु हाे।
यस संगठनले वैज्ञानिक समाजवादी र जनवादी शिक्षाको वकालत गर्दछ। स्थापनाकालदेखि नै, नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकहरूको हकहितका लागि विभिन्न आन्दोलनहरू सञ्चालन गरेको छ, जसमा २०३८ सालको १०४ दिने शैक्षिक आमहडताल उल्लेखनीय छ। समग्रमा, नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना नेपाली शिक्षकहरूको पेशागत हकहित र लोकतन्त्रको स्थापनाका लागि गरिएको थियो, जसले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ।
शुभकालिका गाउँपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु अधिकारीको सभाध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश वरिष्ठ उपाध्यक्ष दिप बहादुर शाहीको प्रमुख अतिथिता, नेकपा एमाले कर्णाली प्रदेश सदस्य कृष्ण प्रसाद आचार्यकाे विशेष आतिथ्यता, नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकोट जिल्ला अध्यक्ष नमराज शाहीको आतिथ्यता, नेकपा एमाले शुभकालिका गाउँपालिका अध्यक्ष जनक बहादुर सेजुवाल विशेष अतिथितामा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा शिक्षकहरूले राजनीति क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको नेकपा एमाले कर्णाली प्रदेश सदस्य कृष्ण प्रसाद आचार्यले बताउनुभयो।