चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

डोरखबर समाचारदाता   ।   २०८१ मंसिर १८, मंगलवार १४:२१

डोरखबर / काठमाडौं मंसिर १८ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा स्थानीय तहका उपनिर्वाचन ०८१ शान्तिपूर्ण सम्पन्न

२०८१ मंसिर १८, मंगलवार १४:२१
डोरखबर/कालिकोट मंसिर १६ । जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा २ सय १७ महिला र १ सय ९४ पुरुष गरी जम्मा ४ सय ११ मतपत्र खसेको छ । ६ सय ९ जना मतदाता रहेको सोही वडास्थित रहेको श्री कालिका माध्यामिक विद्यालय, राचुलि मतदान केन्द्रमा मङ्सिर १६ गते […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.