एमाले कालिकाेटले छान्यो महाधिवेशन प्रतिनिधि

डाेरखबर समाचारदाता   ।   २०८२ मंसिर १५, आईतवार १४:०४

कालिकाेट । नेकपा एमाले कालिकाेटले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मंसिर १३ गते सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । साे पार्टीले आइतबार ९ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको हो ।

कालिकाेटबाट ४ जना खुल्ला, महिला तर्फबाट २ जना, युवाबाट १ र दलित तर्फबाट २ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुल्लातर्फबाट जिल्ला अध्यक्षा तुलाराज मल्ल, नेता कुर्मराज शाही, तपेन्द्रजंग शाही,दयाराम सिम्खाडा रहेका छन् ।

महिलातर्फबाट जलसा बुढा सुभद्रा सि‌ह, युवा तर्फबाट टेकबहादुर बाेगटी, उत्पीडित दलित तर्फबाटब्यासी तिरुवा र गाेमा सार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पतालमा उपचाररत बालेनका बुबाको निधन

२०८२ मंसिर १५, आईतवार १४:०४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पितृशोकमा परेका छन्। उनका बुबाको निधन भएको पुष्टि परिवार स्रोतले जनाएको छ। स्वास्थ्य समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत शाहका बुबाको अवस्था गम्भीर हुँदै गएपछि चिकित्सकको निगरानीमा राखिएको थियो। तर अन्ततः बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ। निधनको खबरसँगै काठमाडौं महानगरपालिकाले शोक वक्तव्य जारी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.