गृहमन्त्री अर्याल भन्छन्- संवादबाटै समस्या समाधान गर्न चाहन्छौँ

डाेरखबर समाचारदाता   ।   २०८२ कार्तिक ९, शनिबार १४:०४

काठमाडौँ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्।आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं । संवादबाटै समस्याको समाधान गर्न चाहने बताएका छन् ।

अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन् ।

Newsof Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

२०८२ कार्तिक ९, शनिबार १४:०४
काठमाडौं । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् । आजै दिउँसो साढे २ बजेका लागि मन्त्रीहरूको शपथ हुँदैछ । आजैमात्र प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.