खैरो हेरोइनसहित दुई महिला पक्राउ

डाेरखबर समाचारदाता   ।   २०८३ श्रावण ७, बिहीबार १०:४७

कालिकाेट ।  बाँकेको नेपालगन्जबाट प्रहरीले ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट लागु औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ ठेगाना भएकी ३३ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ठेगाना भएकी २४ वर्षीया निशा मगर रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइन र ३ थान मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए ।

राताेपाटी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

२०८३ श्रावण ७, बिहीबार १०:४७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.