कालिकाेट भदाै ४ । सरकाले सिफारीस गरि जरि भएकाेे दल विभाजन सम्वन्धि अध्यादेश विरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले कालिकाेट जिल्लामा शुक्रबार मसाल जुलुस प्रदर्शन गरेका छन् ।
लाेकतन्त्र विराेधी अध्यादेश खारेज गर,प्रमादेश सरकार मुर्दाबाद लगाएतका नारासरहित एमाले जिल्ला पार्टी कार्यालयबाट निस्केकाे जुलुस प्रतिमा चाेकमा गएर काेणसभामा परिणत भएकाे थियाे ।
जुलुसमा रहेका युवा संघका कार्यकर्ता विनाेद खड्कालाई प्रहरीले गिरफ्तार गर्न खाेज्दा प्रहरी र अान्दाेनकारीविच केहिबेर झडप भएकाे थियाे ।
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य जनकबहादुर शाही,अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मराज शाही लगाएतका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे





