कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा विहिबार १६ वर्षकि एक बालिका महिला बालवालिका तथा जेष्ठनागरिक शाखा प्रमुख बनेकि छन । महिला तथा बालवालिका का क्षेत्रमा राज्यले लगानि तथा सेवा प्रबाह बढाउनु पर्ने र हरेक क्षेत्रमा वालवालिकाहरुको सहभागिता हुनु पर्ने भन्दै विभिन्न वालवालिका सम्बन्धि ऐन कानुनहरु बनायता पनि कार्यन्वयन पक्षमा भने फितलो देखिदै आएको समयमा आज एक १६ वर्षकी बालिका महिला वालवालिका तथा जेस्ठ नागरिक शाखा प्रमुखकोरुपमा कार्यजिम्मेवारी समालेकि छन ।
उनि हुन नरहरीनाथ गाउँपालिका वडा नं २ कि कक्षा १० मा अध्यनरत किशोरी विनिता विक शाखा प्रमुखको रुपमा जिम्मेवारि समालेकि छन । उक्त किशोरीले महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखको रुपमा काम गर्दै आएकि सरिता विष्टलाई वालवालिकाका समस्या तथा सवालका विषयमा समेटियको १२ वुदाको ज्ञापन पत्र समेत बुझाएकि छन । बालिकाहरुलाई कार्य जिम्मेवारि का सम्बन्धमा आफ्नो जिम्मेवारी बोध गराउन एक दिनको जिम्मेवारी हस्तान्त्रण गरियको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठा सादा नेपाल द्धारा संचालित बाल संरक्षण परियोजना अन्तरगत किशोरी लाई जिम्मेवारि हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक धुर्ब नाथ योगीले बताउनु भयो ।
१६ वर्षीया बालिका बनिन महिला तथा बालवालिका शाखा प्रमुख





