२ सय ३४ जना स्वास्थ्यकर्मीको करार संझौता थप्ने कर्णाली प्रदेश सरकारको निर्णय

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र २०, शनिबार ०९:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ५ नाकामा स्थापना गरिएका हेल्थ डेक्समा खटिने ५८ र सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) कार्यक्रममार्फत खटिएका १७६ गरेर २३४ जना स्वास्थ्य कर्मीको करार संझौता थाप्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशको अन्तर प्रदेयित र अन्तर देशिय नाकाहरुमा स्थापना गरिएका हेल्थ डेक्समा खटिदैं आएका ५८ र सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) कार्यक्रममार्फत खटिएका १७६ गरेर २३४ जना स्वास्थ्यकर्मीहरुको करार संझौता सहिएकोमा साउन एक गतेदेखि असोज मसान्तसम्मका लागि थप्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषण्द्का निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवत्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ३२ जना हेल्थ असिस्टेण्ट र २६ जना स्टाफनर्श र अनमी गरेर ५८ जना स्वास्थ्यकर्मीको म्याद थप्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि, कर्णाली प्रदेश बिशेष कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन निर्देशिका, प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि स्विकृत गर्ने निर्णय गरेको छ । प्रवक्ता केसीकाअनुसार मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७ लाई मन्त्रिपरिषद्, प्रशासन तथा विधेयक समितिमा पठाई समितिको निर्णयानुसार गर्ने निर्णय गरेको छ ।

बैठकले साविकको घरेलु तथा साना उद्योग विकास समितितर्फका अस्थायी कर्मचारीहरुको म्याद २०७७ साल पौष मसान्तसम्मका लागि थप गरी हाल कार्यरत कार्यालयहरुमा साविककै सेवा सुविधा पाउने गरी कामकाजमा खटाउने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन एकीकृत कार्यविधि २०७७, सामाजिक विकास मन्त्रालयको कार्यक्रम सञ्चालन तथा कार्यान्वयन कार्यविधि २०७७, र कोभिड १९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि खटिएका विभिन्न जिल्लाका १७६ जना सामुदायिक नर्स (स्टाफ नर्स र अनमी)हरुको २०७७ श्रावण १ देखि ६ (छ) महिनाको लागि म्याद थप गरी साविक बमोजिमकै काम काजमा खटाउने निर्णय गरेको प्रवक्ता केसीले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।

नेपालवोटबाट

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसमा चरम विवाद : देउवाविरुद्ध अनशन वस्दै पौडेल

२०७७ भाद्र २०, शनिबार ०९:४३
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.