सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने सञ्चारमन्त्री गुरुङकाे प्रतिवद्वता

खबरखाेज समाचारदाता   ।   २०७७ कार्तिक २, आईतवार १०:०२

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजदेखि पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकर्तामा पदभार ग्रहण गर्दै गुरुङले आफूले सञ्चार क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारालाई व्यवहारमा ल्याउन र अहिलेको विश्वव्यापी महामारीकोरुपमा रहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण भन्दै मन्त्री गुरुङले त्यसका लागि सही सूचना आवश्यक पर्ने बताए ।

सञ्चार क्षेत्रमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री गुरुङले भने, ‘सही सूचना नभए समाज गलत दिशातर्फ जान्छ । त्यसैले सकरात्मक सूचना सम्प्रेषण गरौँ । सञ्चार क्षेत्रलाई मर्यादित बनाएर जानुपर्छ । त्यसका लागि गलत सोच त्यागेर सकरात्मक सोचमा परिवर्तन हुनुपर्छ ।’

भ्रष्टाचार अन्त्यका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिँदै मन्त्री गुरुङले सञ्चार क्षेत्रको सकरात्मक भूमिकाले भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि सबैको भूमिका जरूरी छ । सञ्चार क्षेत्रको सकरात्मक भूमिका हुनेमा म विश्वास व्यक्त गर्छु । गलत काम गर्नेलाई छाडिदैन ।’

महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका गुरुङलाई प्रधानमन्त्री ओलीले हिजो सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका थिए । गुरुङले आजैदेखि आफ्नो काम थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनश्रमदानबाटै एकिकृत जनक्रान्ति सफल पार्ने बिप्लव नेकपाको प्रतिवद्धता

२०७७ कार्तिक २, आईतवार १०:०२
कालिकोट / नेत्रविक्रम चन्द नेतृत्वको नेपा कम्युनिष्ट पार्टीले क्रान्तिका लागि कसैसंग सम्झौता नगरी एकीकृत जनक्रान्ति बिजयमा पु¥याई छाड्ने प्रतिबद्दता व्यक्त गरेको छ । एकिकृत जनक्रान्तिको बिचार र कार्यदिशालाई जनतासंग जोड्नका लागि जनश्रम अभियान थालनी गरेका हुनाले कुनै हालतमा सफल वनाउने नेकपो सेक्रेटरी मनिलाल ऐडि रणदिपले खबरखोज मिडियालाई बताउनु भएको छ […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.