१६ मंसिर, कालिकोट । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। आज दिउँसो १२ बजेवाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो।
हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ। माथिल्लो क्षेत्रमा रहेका भेडावाख्रा हिमपातले संकटमा परेको भेडापालक कृषकको भनाई छ। रास्कोटको चडीपानीवाट भेडी गोठाला जंगे खड्काले वाक्लो हिमपात भएकाले समस्या भएको वताउनुभयो।
हामी त आगोको साहरामा वसौंला तर एक्कासी हिमपात हुँदा भेडावाख्रा चिसोले मर्ने त्रास वढेको उहाँले बताउनुभयो। हिमपात नरोकिएमा तत्काल घडेनी, विसालीतिर झार्ने वताउनुभयो।
हिमपातले चिसो पनि निकै वढेको छ। चिसोले गर्दा पशुचौपायाको चरण पनि समस्यामा परेको उहाँले बताउनुभयो। जिल्लाको रास्कोटको माथिल्लो क्षेत्रमा सबैभन्दा वढी हिमपात भएको छ। यस्तै, तिलागुफा नगरपालिका, जहाँ अग्ला हिमाल छन् त्यहाँ पुरै हिउँले सेताम्मे भएको स्थानीयको भनाई छ। चुली, पुग, रुडुवन्चु, शुभकालीकोटको भर्ता टावर, चंखेली हिमाल, ठाडामेला, लगायतका क्षेत्रमा भारी हिमपात भएको छ।
हिमपातले भेडा सबैभन्दा वढी प्रभावित भएका छन। गोठालाहरुले तत्काल भेडा राख्ने ठाउँको खोजि गरिरहेको बताएकाछन। ठूला ओडार ढुङगाका खोचमा तत्काल ब्यवस्था गर्नेगरेका छन। जहिले पनि भारी हिमपात हुँदा यसरी नै राख्ने गरेको पचालझरना गाउँपालिकाका भेडीगोठाला सर्पसिहं वोहोराले वताउनुभयो। अहिले पनि पानी परिरहेको छ।





