अमेरिकी इतिहासकै सबैभन्दा धेरै मत प्राप्त गरी बाइडेन विजयी

खाबरखोज समाचारदाता   ।   २०७७ कार्तिक २०, बिहीबार १६:३३

एजेन्सी/ रिपब्लीकन उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन) अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी भएका हुन् । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टनले जित दर्ज गरेका थिए ।

राष्ट्रपति निर्वाचित हुन कुल दुई सय ७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले कम्तीमा दुई सय ७९ भोट सुरक्षित गरेको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार पेन्सिलभेनिया र नेभाडा राज्यमा निर्वाचित भएसँगै बाइडेनले ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् । ७८ वर्षे बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा निर्वाचित हुने व्यक्तिसमेत हुन् । उनले अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेका छन् । अहिलेसम्म उनले सात करोड ४८ लाख मत प्राप्त गरेका छन् ।

एसोसिएटेड प्रेस र युएसए टुडेलगायत मिडियाले बाइडेनको पक्षमा दुई सय ९० इलेक्टोरल भोट जुटिसकेको दाबी गरेका छन् । एरिजोना राज्यमा समेत बाइडेनको जित हुने उनीहरूको दाबी छ । उनीहरूका अनुसार जोर्जिया, नर्थ क्यारोलाइना र अलास्का राज्यको मत परिणाम टुंगिन बाँकी छ । तीमध्ये जोर्जियामा बाइडेनले अग्रता लिइरहेका छन् भने बाँकी दुईमा ट्रम्प अगाडि छन् । ट्रम्पले हालसम्म दुई सय १४ इलेक्टोरल भोट जुटाएका छन् । अहिले जसले अग्रता लिइरहेको छ, उसैले ती राज्यमा जितेको अवस्थामा बाइडेनले तीन सय ६ इलेक्टोरल भोट पु¥याउनेछन् भने ट्रम्पको भोट दुई सय ३२ मात्रै पुग्नेछ । यसपटक चुनावअघिका अधिकांश मत सर्वेक्षणले डेमोक्र्याटका उम्मेदवार बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, तीव्र प्रतिस्पर्धाका बीच बाइडेनले जित निकालेका छन् ।

त्यस्तै, कमला ह्यारिस अमेरिकाको इतिहासकै पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् । त्यति मात्रै होइन, उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत आप्रवासी उपराष्ट्रपतिसमेत बन्न सफल भइन् । ह्यारिस जमैकन बाबु र भारतीय आमाकी पुत्री हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिवद्धता

२०७७ कार्तिक २०, बिहीबार १६:३३
कालिकोट ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा खाद्यको अधिकार सम्वन्धि सरोकावालाविच अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तर्गत खाद्यको अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको हो । कार्याक्रमा खाँडाचक्र नगरप्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा खाद्य अधिकार शुनिश्चित […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.