खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिवद्धता

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक २५, मंगलवार १९:१८

कालिकोट ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा खाद्यको अधिकार सम्वन्धि सरोकावालाविच अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तर्गत खाद्यको अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको हो । कार्याक्रमा खाँडाचक्र नगरप्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा खाद्य अधिकार शुनिश्चित गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख पाण्डेले खाँडाचक्र नगरपालिका क्षेत्रका बजारमा गुणस्तरहिन खाद्यवस्तु अनियामित विक्रि वितरण, अव्यवस्थित मासु पसल,खानेपानीको सम्स्या रहेकाले यसको तत्काल बजार अनुगमन गरी समाधान निकाल्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा पुश अस्पताल तथा पशु सेवा कायालर्यका प्रमुख लक्षमीप्साद अधिकारीले आयतित र अव्यस्थित मासुले कोभिड १९ को महमारिमा थप समस्या उत्पन्न गर्ने भएकाले तत्काल स्थानीय तहसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।


इन्ेसकद्धारा खाडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहका सविना कुमारी विकको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले खाडाचक्र नगरपािलका भित्र भूमिहिन बादी समुदाय लगाएत विपन्न वर्गमा अलिे पनि चरम खाद्य संकट यथावत रहेकाले स्थानीय सरकारको ध्यान जानु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा खाँडाचक्र नगर प्रवक्ता पुष्पराज गिरि, वडाअध्यक्ष बिर्खसिंह बिश्वकर्मा, गणेश शाहि, धनसिंह बिक खाध्य ब्यबश्था तथा व्यापार कम्पनि रामशरण लामिछाने, किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे, रेडियो प्रदेश आवाजका अध्यक्ष रत्नबहादुर काकि, रेडियो नयाँ कर्णालीका स्टेसन म्यानेजर भरतराज विष्ट स्वास्थ्य शाखा मानमका प्रमुख रबिन्द्र सेजुवाल, साहास नेपालका परियोजना अधिकृत लगायतको सहभागीतामा रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली–प्रचण्डबीच जुट्यो सहमति,नेकपाकाे संकट समाधानतिर

२०७७ कार्तिक २५, मंगलवार १९:१८
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड पार्टी एकता जोगाउन आफ्नो हठ छाडेर एक कदम पछि हटनु भएको छ । पछिल्लो दिन बिवाद बढदै जाँदा आफ्नो समुहको परामर्शसहित ‘फाइट टु फिसिन’ को मोडमा पुग्नुभएका दुवै अध्यक्ष संयमित हुँदै एक कदम पछि हटेर […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.