ओली–प्रचण्डबीच जुट्यो सहमति,नेकपाकाे संकट समाधानतिर

खबरखाेज समाचारदाता   ।   २०७७ कार्तिक २६, बुधबार ०७:०९

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड पार्टी एकता जोगाउन आफ्नो हठ छाडेर एक कदम पछि हटनु भएको छ । पछिल्लो दिन बिवाद बढदै जाँदा आफ्नो समुहको परामर्शसहित ‘फाइट टु फिसिन’ को मोडमा पुग्नुभएका दुवै अध्यक्ष संयमित हुँदै एक कदम पछि हटेर पार्टी एकता जोगाउने निश्कर्षमा पुग्नुभएको हो ।

बिश्वस्त स्रोतले जनताटाइम्सलाई दिएको जानकारी अनुसार केही दिनयता निकै तिक्ततापुर्ण सम्बन्ध रहेकै कारण एक्लै बार्तासमेत नगर्ने अडानमा रहनुभएका दुवै अध्यक्षले आज एक घण्टा लामो छलफल गर्दै सम्बन्धमा केही सुधार गर्नुभएको छ । आजको छलफलमा दुवै अध्यक्षको बडिल्यांग्वेजसमेत पहिला भन्दा फरक देखिएको ती नेताले बताए । ‘दुवै अध्यक्ष एक कदम पछि हटेर पार्टी एकता जोगाउने गरी अघि बढन सहमत हुनुभएको छ, एकता तलमाथि पर्दा आफूहरु मात्रै होइन, ब्यवस्था नै धरापमा पर्छ भन्ने अनुभुति भएको छ,’ जनताटाइम्सको जिज्ञासामा ती नेताको भनाई छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीचको दुरी कम गराउन स्थायी कमिटी सदस्यसमेत रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्णायक भुमिका खेल्नुभएको ती नेताले बताए । उनका अनुसार पोखरेलले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरी आज बिहान अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको थियो । छलफलको क्रममा पोखरेलले पार्टी बिभाजन हुँदा सवैभन्दा दुर्भाग्य अध्यक्षद्वयकै हुने र ब्यवस्थामाथि समेत गम्भीर संकट पर्ने तथ्यतर्फ गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । पोखरलले ओली र प्रचण्डबीच मिलन बिन्दु स्थायी कमिटीको निर्णयबाटै हुने भन्दै बार्तामा बस्न सुझाउनु भएको थियो ।

स्थायी कमिटी सदस्य पोखरेलमार्फत एक अर्काको अवस्थाबारे जानकार भएपछि आजको बार्तामा दुवै अध्यक्षले तिक्तता भन्दा बास्तविकतामा आधारित छलफल गर्नुभएको ती नेताले बताए । उनका अनुसार आजको छलफलमा सचिवालयको अनौपचारिक बैठक बोलाएर बालुवाटार पुगे पनि अध्यक्ष प्रचण्डले सहमतिकै आधारमा बैठक राखेर बिवाद हल गर्दै पार्टीलाई एकतावद्ध बनाएर जाने भन्दै धारणा राख्नुभएको थियो भने प्रधानमन्त्री ओलीले बैठकका लागि आफू कहिल्यै असहमत नरहेको भन्दै बिधि र पद्धतीकै आधारमा एजेण्डासहित बैठक राखेर निश्कर्षमा पुर्याउनु पर्ने धारणा राख्नुभयो ।

आजको छलफलमा अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको कारण पनि पार्टी एकता गर्दाको सहमति र बिधानमा तोकिएको बिधि र पद्धति भन्दा बाहिर गएर बैठक नराख्ने बताउनु भएको छ भने अध्यक्ष ओलीले बिधि र पद्धतिअनुसार बैठक बसेर सवैको कुरा सुन्नुपर्ने बताउनु भएको छ । स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डले बिधि र पद्धती तथा बैठक बोलाउने प्रक्रियाको बिषयमा समान धारणा राखेर पार्टीलाई एकतावद्ध बनाउने गरी अघि बढने सहमति जुटाउनु भएको छ ।

‘आ–आफ्नो दाउपेच र टोन डाउन गर्नुपर्ने होला, केही दिनभित्रै निश्कर्षमा पुग्ने गरी दुई अध्यक्षले भद्र सहमति जुटेको संकेत दिनुभएको छ,’ दुवै अध्यक्षसँग सहमतिका लागि पहलकदमी अघि बढाएका नेकपाका अर्का नेताले जनताटाइम्ससँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

२०७७ कार्तिक २६, बुधबार ०७:०९
काठमाण्डाै/ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपिशर्मा अाेलिले सचिवालय बैठक शुक्रबार दिउसाे ४ बजे बाेलाउनु भएकाे छ । अध्यक्षद्वयकाे सहमतिपछि नेकपा सचिवालय वैठक राखिएकाे हाे । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो। नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ। अध्यक्षद्धयको सहमतिमा बैठक बोलाइएको महासचिव पौडेलले जानकारी […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.